शिक्षक महासंघको रास्वपा कार्यालयमा धर्ना: ‘रमिता होइन, महाअभियान हो’

nepaltext.com

काठमाडौं । शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, वनस्थलीमा धर्ना दिएको छ ।

आन्दोलनको पहिलो चरणअन्तर्गत राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिने कार्यक्रमअनुसार महासंघले यसअघि कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (एस) का कार्यालयमा पनि धर्ना गरिसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ‘धेरैले महासंघ रमिता देखाउँदैछ’ भन्ने टिप्पणीलाई अस्वीकार गर्दै, आन्दोलन विद्यालय शिक्षाको उन्नति र गुणस्तर सुधारका लागि महाअभियान भएको स्पष्ट पारे ।

उनले भने, “विधेयकलाई उल्टो बाटो लगिएको छ, त्यसलाई सुल्टो बाटोमा ल्याउनु हाम्रो माग हो । लोकतन्त्रमा आफ्नो आवाज राख्ने हक सबैलाई छ । रमिता देखाउने हाम्रो उद्देश्य होइन, हामी गुणस्तरीय विद्यालय शिक्षाका लागि जुटेका हौं।”

प्रतिक्रिया