आर्थिक आत्मनिर्भरता बिना सशक्तिकरण सम्भव छैन : सुनिता डंगोल

nepaltext.com

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नारा व्यवहारमा पूरा हुन नसक्ने स्पष्ट पारेकी छन् । बुधबार काठमाडौं महोत्सव २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महिला, पुरुष, युवा वा जुनसुकै वर्गको सशक्तिकरणको कुरा गर्दा त्यसको मूल आधार आर्थिक आत्मनिर्भरता नै हुने बताइन् । आर्थिक रूपमा सबल नबन्दासम्म सशक्तिकरणका नाममा लगाइने नाराहरू कागजमै सीमित रहने उल्लेख गर्दै उनले यो महोत्सवले धेरै उद्यमीहरूलाई आशा र अवसर दुवै दिने विश्वास व्यक्त गरिन् । समाजमा रहेका सिप, क्षमता र सम्भावनालाई अहिलेसम्म पर्याप्त रूपमा बजारीकरण गर्न नसकिएको भन्दै ती सिपलाई बजारसँग जोड्न यस्ता मेला र महोत्सव अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ थियो । आगामी दिनमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसका लागि काठमाडौं महानगरपालिका पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको पनि बताइन् ।

प्रतिक्रिया