स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा दर्जनौं समस्या रहेको बताउदै जसको समाधानका लागि राज्य गम्भिर हुनुपर्ने बताएका छन् ।
सोमबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष कार्कीले नेपालका लागि सबै भन्दा लगानी गर्न योग्य क्षेत्र जलविद्युत भएपनि यस क्षेत्रमा दर्जनौं समस्या रहेको र जसको समाधानका लागि राज्य गम्भिर हुनुपर्ने बताएका हुन् । ति तमाम समस्याहरुको समाधानका लागि राज्य सहित प्रवद्र्धक र लगानीकर्ताहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष कार्कीले नेपालमा उत्पादित विद्युत अन्य छिमेकी मुलुकहरुमा सहज विक्रिको प्रबन्ध गर्न सरकारले अधिकतम कुटनितिक पहल गर्नुपर्ने बताउदै नेपालका जलविद्युत उद्यमीहरुलाई निराश नहुन आह्वान समेत गरेका छन् ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष सुदिप राज गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीको वार्षिक प्रगति प्रतिबेदन , आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा इप्पान नेपालका अध्यक्ष गणेश कार्की ,कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्का लगाएतले मन्तब्य व्यक्त गरेका थिए । साधारणसभाले कम्पनीका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण , थप दुई वटा आयोजना निर्माण गर्न १ - १ हकप्रद शेयर जारी गर्ने लगाएतका निर्णय गरेको कम्पनिका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिए ।