दोलखाको लामिडाँडास्थित भगवती माविमा विद्यालय स्थापना भएको ५५ वर्ष पछि पूर्व विद्यार्थी समाज गठन गरिएको छ ।
२०२७ सालमा स्थापना भई ५५औं वसन्त पार गरेको भगवति माध्यमिक विद्यालयमा शुक्रबार पुर्व विद्यार्थी समाज गठन गरिएको हो । समाजको अध्यक्षमा विवेक खतिवडा चयन भएका छन् । समाजको पदाधिकारीहरुमा उपाध्यक्ष मनोज खड्का , सचिव बद्री नारायण खत्री , सहसचिव कृष्ण वानिया र कोषाध्यक्षमा अप्सरा अर्याल चयन भएकी छन् । शुक्रबार ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समाजले विद्यालय विकाश, शुसासन र शैक्षिक स्तर सुधारको क्षेत्रमा काम गर्ने अध्यक्ष खतिवडाले बताएका छन् ।
कालिञ्चोक ०३ दोलखा मा आज मिति २०८२-०८-२६गते बिबेक खतिवडाको अध्यक्षतामा ११ सदक्षिय पूर्व विद्यार्थी समाज गठन भएको छ। उक्त विद्यालय २०६७ साल बाट एसएलसी परीक्षामा सामेल भएको थियो।
२७ मङ्सिर २०८२, शुक्रबार ०६:२९ मा प्रकाशित