काठमाडौँ महानगरपालिका–८ स्थित पशुपति आर्यघाटननजिकै बिहीबार एक महिला मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार सतल क्षेत्रमा भेटिएकी ती महिलाको उमेर करिब ४५ वर्ष अनुमान गरिएको छ। हालसम्म उनको परिचय खुल्न सकेको छैन र पहिचानको प्रयास जारी रहेको प्रहरीको भनाइ छ।
१२ भदौ २०८२, बिहिबार ०१:४७ मा प्रकाशित