नेपाल–भियतनाम उपराष्ट्रपतिबीच प्रतिमण्डलस्तरीय भेटवार्ता

nepaltext.com

काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच आइतबार प्रतिमण्डलस्तरीय भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना, द्विपक्षीय व्यापार र लगानी, डिजिटल प्रविधिको उपयोग तथा जनस्तरमा सम्बन्ध विस्तारजस्ता विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन्। उनले सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया