४ माघ, काठमाडौं । लागुऔषध कारोबारीसँग दुई लाख रुपैयाँ असुलेको आरोपमा दुई जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको प्रमाण फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको हो । ‘कानुनका अघि सबै बराबरी हुन् । प्रहरीले नै गल्ती गरे पनि छाड्ने कुरा भएन । कानुन विपरीत काम गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउँछ,’ एसपी भट्टराईले भने ।
५ माघ २०८२, आईतबार १२:०८ मा प्रकाशित