कोटेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजुहरि भट्टराई बागमतीमा मृत फेला

nepaltext.com

काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई बागमती नदी शंकमूलस्थित भागमा मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार उनले मदिरा सेवन गरेका थिए र त्यसपछि अनियन्त्रित भएर खोलामा डुबेका हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले सो जानकारी दिएका छन्।

पारिवारिक स्रोतका अनुसार, बुधबार उनी ललितपुरस्थित यल पार्टी प्यालेसमा भोज खाएर फर्किएका थिए। भट्टराई कोटेश्वरमा सञ्चालित पञ्चशील सहकारीका ऋण अधिकृत पनि थिए।

प्रतिक्रिया