१७ पुस, काठमाडौं । भदौ २३ र २४ को घटनाको छानबिन गर्न बनेको आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी थालेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, ओलीलाई पत्र काटेर बोलाउने तयारी भइरहेको छ। पत्रकारहरूले यदि ओली उपस्थित नभए के गरिने हो भनेर सोध्दा उनले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ, अब हामी उहाँलाई चिठी काट्दैछौं।’ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकाइसकेको छ र उनीमाथि लागेको स्थान हद फुकुवा गर्ने तयारीमा छ। कार्कीले आयोगले हालै थपिएको एक महिनाको म्यादभित्र आफ्नो प्रतिवेदन बुझाउने दाबी पनि गरेका छन्।
१७ पुस २०८२, बिहिबार ०३:२७ मा प्रकाशित