प्रहरी प्रधान कार्यालयमा कार्यरत सहायक हबल्दार बुद्धनगरमा मृत फेला

nepaltext.com

१४ पुस, काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार काठमाडौँको बुद्धनगरमा मृत फेला परेका छन्।

आज बिहान नयाँबानेश्वरस्थित बुद्धनगरको डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखिएका थिए। उक्त अवस्था देखेपछि उनकी श्रीमतीले तत्काल उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।

सहायक हबल्दार थापाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र घटनाका सबै पक्षलाई ध्यानमा राखेर थप छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया