सर्लाही । सर्लाही प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको चाँदीका गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ का ५५ वर्षीय गौरीशंकर साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको साथबाट ९१५.४६० ग्राम अवैध चाँदीका गरगहना बरामद गरिएको हो। भारतबाट अवैध रूपमा चाँदीका गहना ल्याउँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि बरामद चाँदीसहित सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
२६ फाल्गुण २०८२, मङ्गलबार १२:५६ मा प्रकाशित