१ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेरअघि मात्र आरोपपत्र पेश भएको हो र हाल उक्त आरोपपत्र रुजु हुने क्रममा छ। मुनकर्मीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप छ। अख्तियारले पोखरा विमानस्थलमा पहिले नै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिसकेको अवस्थामा, त्यही विमानस्थलका प्रमुख रहेका मुनकर्मीमाथि अर्को मुद्दा दायर गरिएको हो।
३१ मङ्सिर २०८२, मङ्गलबार ०३:२४ मा प्रकाशित