भोटेकोशी बाढीपीडितका लागि सिंगटी हाइड्रोको २० लाख सहयोग

nepaltext

 काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।   बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरेको हो। २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले विपद्को यो कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीले सहयोग रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो।   कम्पनीका प्रबन्ध सञ्चालक सुदीप खड्काले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए।   उनले विपद्मा परे नागरिकको पीडामा सानो सहयोगले पनि ठूलो राहत पुग्न सक्ने उल्लेख गर्दै कम्पनीले सोही भावनाअनुसार राहत कोषमा रकम उपलब्ध गराएको बताए।   “यस्तो विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्दा पीडामा परेको समुदायलाई ठूलो टेवा पुग्छ,” खड्काले भने।  सिंगटी हाइड्रो इनर्जीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व र समुदायप्रतिको दायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

भदौ १० गतेको बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ। यही अभियानमा सिंगटी हाइड्रो इनर्जीको २० लाख रुपैयाँको सहयोग पनि थपिएको हो।

प्रतिक्रिया