गीतकार सुरेश शिवाकोटीको ‘मरे खबर सुन्न पाउनेछौ’ बजारमा

nepaltext.com

काठमाडौं । पछिल्लो समय गीत लेखनमा व्यस्त गीतकार सुरेश शिवाकोटीको ‘मरे खबर सुन्न पाउने छौ’ बोलको नयाँ गीत हालै सार्वजनिक भएको छ ।

लोकलयमा आधारित यो गीत नरेश खाती र भिमकुमारी वाँठा मगरको स्वरमा सजिएको छ, भने गीतलाई नरेश खातीले नै संगीत भरेका छन् ।

चर्चित मोडेल एवं उद्घोषक रिमा विश्वकर्मा र गायक खातीकै मुख्य अभिनय रहेको म्यूजिक भिडियोमा गहिरो माया प्रेमलाई कहिल्यै विर्सन नसकिने प्रतिविम्बका रुपमा देखाउन खोजिएको छ ।

प्रकाश खड्काले खिचेको भिडियो नविन घर्तिमगरले इडिट गरेका छन् भने जेरी भण्डारीले डाईरेक्शन गरेका हुन् । भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।


प्रतिक्रिया