राष्ट्रपति पौडेलसँग हमासले बन्धक बनाएका विपिन जोशीकी आमा–बहिनीको भेट

nepaltext.com

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेट गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरू इजरायल पुगेका थिए। सो क्रममा उनीहरूले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूसँग भेटघाट गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।

आमा पद्माले छोरा विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन्। सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको सुरक्षित रिहाइका लागि आफू थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया