सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्ब ४९ करोडमा सीमित

nepaltext.com

काठमाडौँ । आज सेयर बजार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २,६०७.३७ विन्दुमा बन्द भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो। आजको कारोबारमा कुल ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक कारोबार भएका छन्।

कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएको छैन। आज सर्वाधिक कमाउने कम्पनीहरूमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन्। स्वस्तिकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने एसवाई प्यानलको मूल्य ९.९८ प्रतिशतले बढेको छ।

कारोबार रकमको आधारमा ङादी पावर अग्रस्थानमा रहेको छ, जसको १८ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, साहस ऊर्जाको १२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ, जबकि अन्य सेयरहरूको कारोबार १० करोडभन्दा कम रहेकाछ। समग्रमा बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया