काठमाडौं ३ असोज ,
जेन्जी आन्दोलन पछि पुर्वप्रधानन्यायधिस शुसिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले पुर्णता पाउनै लाग्दा देशले नयाँ रक्षा तथा परराष्ट्र मन्त्री पाउने भएको छ ।
ति दुई मन्त्रालयको नेतृत्व गर्न सक्ने उपयुक्त पात्र भएको भन्दै तीन शैनिक उच्च अधिकारीहरुको चर्चा सुरु भएको हो । प्रधानमन्त्री शुसिला कार्कीले सपथ खाएको भोलिपल्टै मन्त्रीमण्डल बिस्तार गर्ने भनिएपनि सबै मन्त्रीहरुको टुंगो नलागेको भन्दै ३ जना मन्त्रीहरुलाईमात्रै सपथ खुवाइएको थियो । प्रधानमन्त्री कार्की सकेसम्म सबै क्षेत्रलाई समेटेर मन्त्रीमण्डल बिस्तार गर्ने सोचका साथ अघि बढिरँहदा रक्षा र परराष्ट्र मन्त्रालय भने पुर्व शैनिक उच्च अधिकारीहरुबाटै नेतृत्व छनोट गर्ने तयारीमा रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
६० वर्षभन्दा बढीको निरन्तर सेवामा, नेपाली सेनाले विश्वभरमा आफ्नो विश्वसनीयता, तटस्थता र व्यावसायिकताको छवि बनाएको कारण पनि उल्लेखित मन्त्रालयहरु रक्षा र परराष्ट्रको नेतृत्व यो विषम परिस्थितीमा शैनिक उच्च अधिकारीहरुबाटै गराउने तयारी अन्तरिम सरकारको छ । त्यसमाथी पनि प्रधानमन्त्री कार्की विषयगत हिसाबले यी मन्त्रालयहरु सहज ढंगले चलाउन नेपाली शेनाकै पुर्व अधिकारीहरु धेरै अनुभवि हुनेमा विस्वस्त रहेको स्रोतको दाबी छ । किनकी युएन मिसनमा नेपाली शेनाको अन्तराष्ट्रिय सम्बन्ध र रक्षा मन्त्रालय शेना सँगै धेरै सम्बन्धित भएकाले यी दुवै मन्त्रालयको नेतृत्व एकै व्यक्तिलाई दिने तयारीमा रहेको बुझिएको छ ।
यी हुन सर्वाधिक चर्चामा रहेका तीन पुर्व शैनिक अधिकारीहरु
यसरी रक्षा तथा परराष्ट्र मन्त्रीको चर्चा भैरहेका तीन पुर्व शैनिक अधिकारीहरु पुर्व उपप्रधान सेनापती बालानन्द शर्मा, पुर्व जर्नेल प्रेमसिंह बस्नेत र पुर्व कर्णेल माधवशुन्दर खड्का हुन् । बालानन्द शर्मालाई सुरुमै मन्त्री बनाउन जेन्जी अगुवा र अन्य सरोकारवालाहरु लगि परेका थिए । तर शर्माकी धर्मपत्नीको स्वास्थ्य अवस्था गम्भिर रहेकाले आफु तत्काल सरकारमा सहभागी नहुने बताएपछि शर्मालाई यस अघिनै मन्त्री बनाउन नसकिएको हुँदा थप दुई पुर्व शैनिक अधिकारीको चर्चा बाहिरिएको छ । बालानन्द शर्मा मन्त्री नहुने भएपछि दोस्र्रो चर्चाका पात्र बनेका हुन पुर्व जर्नेल प्रमेसिंह बस्नेत । नेपाली शेनाबाट निवृत्त भैसकेका बस्नेत विगत ४ वर्षदेखि भ्रस्टाचार विरोधी अभियानमा संलग्न छन् । भ्रस्टाचार अन्त्य गरि समुन्नत मुलुक बनाउनुपर्नेमा जोड दिदै आएका बस्नेत पछिल्लो समय राजाबादी अभियानमा पनि संलग्न रहेको खुलेको छ । जेन्जी अगुवाहरुले यहि व्यवस्थालाई थप मजबुत बनाएर अघि बढ्नुपर्ने जोड दिदै आएपछि बस्नेतको नाममा पनि सहमति हुन नसकेको एक जेन्जी अगुवाले बताए ।
शैनिक उच्च अधिकारीहरुमध्येबाटै चर्चामा आएका अर्का पात्र हुन पुर्व महासेनानी माधवशुन्दर खड्का । सेवानिवृत्त भएपछि देश विदेशको समेत अनुभब भएका खड्का विगत १ वर्षदेखि नेपालमा भ्रस्टाचार विरुद्धको अभियान मेघा क्याम्पिएन चलाइरहेका थिए । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा पनि आफ्ना छोरालाई खटाएर आफु पनि सँगै होमिएका पुर्व कर्णेल खड्का उल्लेखित दुई मन्त्रालयहरुको नेतृत्वका लागि उपयुक्त पात्र भएको भन्दै जेन्जी अगुवाहरु उनलाई मन्त्री बनाउन लागि परेको स्रोतले जनाएको छ । उनले मेघा क्याम्पीएनकै बखत भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सार्वजनिक निकायमा बसेका सबै मानिसहरुको छानविन गर्नुपर्ने बताउदै त्यसको सुरुवात आफैबाट गर्न समेत चेतावनी दिदै आएका थिए । स्रोतका अनुसार उनै खड्कालाई रक्षा तथा परराष्ट्र मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री कार्की र जेन्जी अगुवाहरु सहमति नजिक पुगेको सुचना सार्वजनिक भएको छ ।