स्वास्थ्य मन्त्री शर्माको भावुक आग्रह: ‘आन्दोलनले होइन, निर्वाचनले देश अगाडि बढ्छ’

nepaltext.com

शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उनले अव निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराईन् ।

उनले भनिन्- ‘घाइतेहरूको अवस्था के कस्तो छ भनेर हेर्न आएको थिएँ,बिरामीहरूको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जनआन्दोलनको मर्म भने यी कुऋति, बेथितिहरू सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।’

उनले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुऋति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

यस्तै स्वास्थ्यमन्त्री शर्माले जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यहरूको स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेकी छन्।

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनमा घाइते भएका मध्ये अझै ११ जना अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया