राप्रपा र रास्वपाको विरोध जारी, आज पनि बैठक बहिस्कार

nepaltext.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

बुधबारको बैठकमा रास्वपाका हरि ढकाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेपछि दुवै दलका सांसदहरू सदनबाट बाहिरिएका हुन्।

दुवै दलले भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गर्दै लामो समयदेखि सदन बहिस्कार गर्दै आएका छन्।

प्रतिक्रिया