नेप्से परिसूचक लगातार घट्दो, तर केही कम्पनीको शेयर मूल्यमा तेजी

nepaltext.com

काठमाडौं । नेप्से परिसूचक लगातार चारै कारोबार दिन घट्दै गएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार २७१९.७७ बिन्दुमा रोकिएको नेप्से आज (आईतबार) ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा बन्द भएको छ। साथै, कारोबार रकममा पनि कमी देखिएको छ।

बिहीबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको १ करोड २७ लाख कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ११ लाख कित्ता शेयर मात्र कारोबार भएको छ।

आज सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले क्रमशः घटेका छन्।

तर केही कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ। हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९७ प्रतिशतले बढेर ३९१.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। एनआईबिएल समृद्धि फन्ड–२ र युनिर्भसल पावर कम्पनीको शेयर मूल्य क्रमशः ५.८३ र ५.१२ प्रतिशतले बढेको छ।

त्यस्तै, पञ्चकन्यामाई हाइड्रोपावर, विकास हाइड्रोपावर र ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य क्रमशः ४.६२, ३.९२ र ३.७० प्रतिशतले घटेको छ।

आज युनियन हाइड्रोपावर लिमिटेड, एभरेष्ट बैंक, नेपाल रिइन्स्योरेन्स, हिमालयन डिस्टीलरी र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएका छन्।

प्रतिक्रिया