प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा आइतबार थियानजिनस्थित ऐतिहासिक चाउ इन्लाई–तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।
चिनियाँ राष्ट्रपतिको विशेष मैत्रीपूर्ण निमन्त्रणामा शंघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार बिहानै तियानजिन पुगेका प्रधानमन्त्री ओलीले संग्रहालय अवलोकनलाई आफ्नो पहिलो औपचारिक गतिविधि बनाएका हुन्।
सोमबार (भदौ १६) हुने ‘एससीओ प्लस’ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनको क्रममा उनले सहभागी केही विश्व नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने तयारी समेत रहेको बताइएको छ।
१५ भदौ २०८२, आईतबार ११:३१ मा प्रकाशित