काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले बढ्दै २ लाख ५४ हजार १ सय रुपैयाँमा पुगेको छ। मंगलबार यो मूल्य २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा व्यापार भइरहेको महासंघले जनाएको छ।
१८ मङ्सिर २०८२, बुधबार ११:०५ मा प्रकाशित