काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले सस्तिएको छ। सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। सोमबार ३५ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।