काठमाडौँ । आकस्मिक आएको हावाहुरीका कारण फेवातालमा छाल आई प्याडल तथा सर्फिङ बोटमा फसेका ५ जना भारतीयसहित ९ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ ।
आइतबार आएको आकस्मिक हावाहुरीका कारण फेवातालमा फसेका ९ जना पर्यटकहरूलाई नेपाली सेना, नं. १ विपद् व्यवस्थापन गण र महावीर (रेन्जर) गणबाट खटिएको टोलीले उद्धार गरेको हो ।
२५ जेठ २०८३, सोमबार ०७:४२ मा प्रकाशित