नेप्से परिसूचक बढेर २६७६.०३ विन्दुमा पुगे, पाँच कम्पनीको सेयर सकारात्मक सर्किटमा

nepaltext.com

काठमाडौं, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर २६७६.०३ विन्दुमा पुगेको छ।बुधबार ९.६१ अंकले बढेको नेप्से आज १०.४३ अंकले वृद्धि भई २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ। आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ।

आज ३३३ कम्पनीका कुल १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँ बराबरमा कारोबार भएका छन्, जुन ८६ हजार १ सय ७० पटकमा भएको हो। बुधबारको कारोबारभन्दा हल्का वृद्धि हो।

आज पाँच कम्पनी — सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चर — को सेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ।

यसैबीच, हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ७.९८ प्रतिशतले घटेको छ। कारोबारको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सबैभन्दा बढी सेयर कारोबार भएको छ भने नागदी ग्रुप पावर लिमिटेड र हिमालयन रिइन्स्योरेन्सका सेयर पनि उच्च कारोबार भएका छन्।

प्रतिक्रिया