काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबै प्रकारका बाधा हटाउने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा दुई घण्टा छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचनको वातावरण सहज बनाउन सरकारले आवश्यक कदम चाल्ने बताए। निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफ्नो भूमिका कायम राखेको र वातावरण सुरक्षित बनाउने विषयमा धारणा राखेको उनले स्पष्ट पारे।
खरेलले भने, “निर्वाचन महोत्सव हो, महायज्ञ हो। लक्ष्य प्राप्तिका लागि वरिपरि रहेका केही चुनौती र बाधा हटाएर सरकारले निर्वाचनको गन्तव्यमा पुग्न अनुकूल वातावरण तयार गर्दै अघि बढ्नेछ।”
११ पुस २०८२, शुक्रबार ०१:४७ मा प्रकाशित