काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा आज ताला लगाइएको छ। सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा पुगेका असन्तुष्ट पत्रकारहरूले सोमबार अध्यक्ष शर्माको कोठामा तालाबन्दी गरेका हुन्।
महासंघ विधानअनुसार संस्था सञ्चालन गर्न नसकेको र केन्द्रीय समिति बैठक आव्हान हुँदा देशभरबाट सदस्यहरू काठमाडौँ आए पनि सल्लाहकार नियुक्ति विवाद निकालेर बैठक नबसेको आरोप लगाउँदै तालाबन्दी गरिएको केन्द्रीय सदस्य लबदेभ ढुंगानाले जानकारी दिए। उनका अनुसार संस्थागत जिम्मेवारी नसम्हालिएको असन्तुष्ट समूहको मुख्य गुनासो हो।
तालाबन्दीबारे प्रतिक्रियाका लागि अध्यक्ष शर्मासँग पटक–पटक फोन सम्पर्क गर्न खोजिए पनि उनले फोन नउठाएको पत्रकारहरूले बताएका छन्।
२ मङ्सिर २०८२, सोमबार १२:५१ मा प्रकाशित