काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ। समूह दिउँसो तीन बजे सिंहदरबार जाने तयारीमा रहेको छ।
ढुंगानाका अनुसार, पछिल्लो समय सरकारभित्रका केही व्यक्तिहरूले आन्दोलनको मर्मविपरीत काम गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन लागिएको हो। उनले भने, ‘हामी तीन बजे जाँदै छौँ। सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले। यो आदर्श श्रेष्ठ वा कुनै एक व्यक्तिलक्षित होइन, समग्रमा सुशासनको प्रत्याभूति दिलाउन जान लागेका हौं।’
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारको नियुक्ति बाहिरिएपछि जेनजी अगुवाहरूले यस विषयमा ध्यानाकर्षण गराउन थालेका छन्।
९ मङ्सिर २०८२, सोमबार ०२:०३ मा प्रकाशित