देउवा भेटपछि ओली निवास पुगे सञ्चारमन्त्री खरेल

nepaltext.com

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मन्त्री खरेल भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा मन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीचको वार्ताका लागि अध्यक्ष ओलीलाई निम्तोसमेत दिएको बताइएको छ ।

यसअघि आजै मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । ओलीसँगको भेटपछि खरेलको नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम रहेको छ । एकै दिन विभिन्न दलका शीर्ष नेतासँग भएको भेटवार्तालाई समसामयिक राजनीतिक संवाद र निर्वाचन तयारीसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया