नेपाली बजारमा सुन २९ सय र चाँदी ३५ रुपैयाँ उक्लियो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्दै २ लाख ४४ हजार ६ सय रुपैयाँमा पुगेको छ। गत शुक्रबारसम्म सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। चाँदी तोलामा ३५ रुपैयाँ बढेर ३१ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार यसै अवधिमा चाँदीको मूल्य ३१ सय रुपैयाँ रहेको थियो।

सुन–चाँदी दुवैको भाउ एकैदिन उक्लिँदा बजारमा सुनचाँदी कारोबारकर्ताको चहलपहल पनि बढेको बताइएको छ।

प्रतिक्रिया