काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि उक्लिएको छ। सोमबार प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ लाख ४२ हजार ३०० रुपैयाँमा पुगेको छ। यसरी एक दिनमै सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो।
सुनसँगै चाँदीको मूल्य पनि माथि लागेको छ। मंगलबार ३ हजार ९० रुपैयाँमा कायम रहेको चाँदी बुधबार प्रतितोला ३ हजार १५० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
४ मङ्सिर २०८२, बुधबार ११:३९ मा प्रकाशित