जेनजी आन्दोलन फरार भएका ४ हजार ८५७ कैदी अझै फर्काउन सकेको छैन

nepaltext.com

११ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका उथलपुथलका बीच विभिन्न ठाउँका कारागारबाट भागेका ९ हजार ६९७ कैदीबन्दी स्वेच्छाले फर्किएका छन् । तर गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार अझै ४ हजार ८५७ जना फरार छन्, जसलाई खोजी–समन्वयमार्फत फिर्ता ल्याउन सरकारले विशेष अपरेसन अघि बढाइरहेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आज बसिरहेको बैठकमा गृहमन्त्री अर्यालले यी तथ्यांक सार्वजनिक गर्दै कैदीबन्दी फिर्ता गराउने प्रक्रियालाई सरकारले शीर्ष प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया