गोवाको नाइट क्लब आगलागीमा चार नेपालीसहित २५ को मृत्यु

nepaltext.com

नयाँ दिल्ली । भारतको गोवास्थित एक नाइट क्लबमा आइतबार बिहान भएको भीषण आगलागीमा चार नेपाली नागरिकसहित २५ जनाले ज्यान गुमाएका छन्। भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेअनुसार मृत्यु हुनेमध्ये पाँच जना पर्यटक र २० जना क्लबका स्टाफ थिए।

पर्यटकमध्ये दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमारको मृत्यु भएको छ। त्यस्तै अर्को मृतक पर्यटक कर्नाटकका इशाक रहेको उल्लेख छ। आगलागीमा ज्यान गुमाएका २० जना स्टाफमध्ये उत्तराखण्डका पाँच, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जना थिए।

यही क्रममा सोही क्लबमा काम गर्दै आएका चार नेपाली—चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीप—को पनि घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूको स्थायी ठेगाना भने खुलाइएको छैन।

प्रतिक्रिया