काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँ चुक्तापुँजीको कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांशमध्ये ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।
संस्थाले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई वितरण गरिने जानकारी दिएको छ।
२७ मङ्सिर २०८२, शुक्रबार १२:०३ मा प्रकाशित