काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने सानो वृद्धिसहित बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ४४ हजार ३ सय रुपैयाँमा पुगेको छ। मंगलबार भने प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
२७ कार्तिक २०८२, बुधबार ११:३५ मा प्रकाशित