नेप्से ४७ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

nepaltext.com

८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६४७.४४ विन्दुमा पुगेको छ। आइतबार पनि हरियो बन्द भएको बजारले यस दिन सोही सकारात्मक क्रमलाई निरन्तरता दिएको हो।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भयो। आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार कुल ३३० स्टकको ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर कारोबार भयो।

यस दिन सेन्सेटिभ इन्डेक्स ७.८४ अंकले, फ्लोट इन्डेक्स ३.४६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८१ अंकले बढे। बजारमा झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा पुगे।

त्यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशत बढ्यो। माबिलुङ्ग एनर्जीको शेयरमूल्य भने ४.४४ प्रतिशतले घटेर यस दिन सबैभन्दा बढी घट्ने कम्पनी बन्यो। सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर बजारमा सबैभन्दा धेरै कारोबार भएको सूचीकृत भयो।

बजारका १३ वटै उपसमूहको परिसूचक यस दिन बढेको छ। जसमध्ये जीवन बीमा उपसमूह ४.९४ प्रतिशत वृद्धि हुँदै सबैभन्दा अगाडि रह्यो। होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूह पनि २ प्रतिशतभन्दा बढीले उक्लिए। बैंकिङ, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।

प्रतिक्रिया