झापा-५ मा बालेनले बढाए मतान्तर, ओलीले कति मत पाए ?

काठमाडौँ । झापा-५ मा रास्वपाका उम्मेदवार बालेन्द्र साहले मतान्तर बढाएका छन्।

झापा-५ को पछिल्लो परिणाम अनुसार उनले पाँच हजार २५४ मत ल्याउँदा एमालेका केपी ओलीको एक हजार २४८ मात्र मत छ। यहाँ करिब ४ हजार मतले बालेनले अग्रता लिएका छन्।

यहाँ अन्य उम्मेदवारको मत न्यून छ। यहाँ काँग्रेसको १८५, नेकपाको १२९, राप्रपाको १११ मत छ।

प्रतिक्रिया