नेपाली बजारमा सुन मूल्यमा गिरावट, चाँदी उकासिँदै

nepaltext.com

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुन ४ सय रुपैयाँले तल झर्दै २ लाख ४८ हजार ४ सय रुपैयाँमा सीमित भएको छ। बुधबार पनि ९ सय रुपैयाँको ठूलो गिरावटसँगै सुन यही स्तरमा आएपछि आजको कारोबारमा पुनः हल्का कमी देखिएको हो।

सुनमा गिरावट देखिए पनि चाँदी भने उकासिएको छ। आज प्रतितोला चाँदी ३ हजार २ सय ८० रुपैयाँमा पुगेको छ, जो बुधबारको ३ हजार २ सय २० रुपैयाँभन्दा ६० रुपैयाँले बढी हो।

प्रतिक्रिया