सबै माओवादी र वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

nepaltext.com

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सबै माओवादी धारासहितका वामपन्थी शक्तिलाई एकै कम्युनिस्ट पार्टीको झण्डामुनि एकजुट हुन अपिल गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले देशमा बढ्दो जटिलता, जनअपेक्षाको निराशा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौतीहरू सामना गर्न वामपन्थी एकता अपरिहार्य भएको बताएका छन्।

प्रचण्डले लेखेका छन्, “यस सत्यलाई आत्मसात् गर्दै म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु।”

उनका अनुसार देशले भोगिरहेको राजनीतिक संकट, अस्थिरता र निराशाको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।

उनले थप लेखेका छन्, “राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।”

प्रतिक्रिया