हेटौंडा राजमार्गमा सवारी दुर्घटना, १ जनाको मृत्यु

nepaltext.com

हेटौंडा । हेटौंडा उप–महानगरपालिका–४, कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ। हिजो साँझ करिब ६ः३० बजे पशुपतिनगरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल हिँड्दै गरेकी महिलालाई ठक्कर दिँदा घटना घटेको हो। दुर्घटनामा पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रामा बस्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भइन्। उनलाई स्थानीयले तत्काल उद्धार गरी साँझ ६ः४२ बजे हेटौंडा अस्पताल पुर्‍याए पनि उपचारका क्रममा ६ः५० बजे मृत्यु भएको चिकित्सकले बताए। घटनापछि प्रहरी टोली तत्कालै स्थलमा पुगेको थियो। मोटरसाइकल तथा चालक बारा, सिम्रौनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया