प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलनाको निवेदन, पहिलो पेसी मंसिर ८ मा

nepaltext.com

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ। राजदूत फिर्ता बोलाउने निर्णय रोक्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै अधिवक्ता प्रेम सिलवालले प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनाको निवेदन दायर गरेका हुन्।

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि सरकारले सम्बन्धित राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। हाल सबै राजदूतहरू मन्त्रालयमै हाजिर रहेको परराष्ट्र स्रोतले जनाएको छ।

दर्ता भएको अवहेलना निवेदनको पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। निवेदनमा प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई अदालतको आदेश अवज्ञा गरेको भन्दै कानुनी सजाय माग गरिएको छ।

पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीविरुद्ध दर्ता भएको यो अदालत अवहेलनासम्बन्धी पहिलो निवेदन हो।

प्रतिक्रिया