काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ। पछिल्ला केही दिन घट्दै आएको सुनको दर शुक्रबार अचानक उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा २७०० रुपैयाँले वृद्धि भएको छ। बिहीबार तोलाको मूल्य २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो भने शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र डलरको विनिमय दरमा भएको वृद्धि नै नेपाली बजारमा मूल्य बढ्नुको मुख्य कारण हो।
१५ कार्तिक २०८२, शुक्रबार १२:०६ मा प्रकाशित