सप्तरीमा बेपत्ता महिलाको शव फेला

nepaltext

काठमाडौँ । तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्ला टोलकी ३६ वर्षीया अनिता देवी राय एक सातादेखि बेपत्ता रहेको अवस्थामा मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका उनको शव बुधबार सोही वडाको ‘नौ किलोमिटर’ भन्ने स्थानस्थित कोशी नदीको स्परमा कुहिएको अवस्थामा फेला परेको हो ।

अर्धनग्न अवस्थामा फेला परेको शवको प्रारम्भिक अनुसन्धानका आधारमा हत्या गरी कोशी नदीको स्परमा फालिएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकका हात र खुट्टा बाँधिएको तथा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको छ । मृतकले लगाएको साडीले हात–खुट्टा बाँधिएको तथा श्रीमान् प्रयोग गर्ने भेस्टमा गह्रौँ ढुंगा राखेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेको देखिइएका हुन् ।

मृतकका श्रीमान् छोटु भनिने बिरेन्द्र राय विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा विदेशमा रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया