नेकपा एमालेको ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका रघुजी पन्त अध्यक्ष केपी शर्मा ओली समूहमा समेटिएका छन्। पन्त उपाध्यक्षका आकांक्षी भए पनि सुरुमा अध्यक्ष ओली समूहले बनाएको उम्मेदवार सूचीमा नाम परेको थिएन।
स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका पन्तलाई अध्यक्ष ओली र ईश्वर पोखरेल समूहले आफ्नो टिममा सामेल गराउने प्रयास गरेका थिए। अध्यक्ष ओलीले सोमबार पन्तसँग व्यक्तिगत रूपमा कुराकानी समेत गरेका थिए।
एमालेमा उपाध्यक्षका पाँच पद रहने व्यवस्था छ। नेता प्रदीप ज्ञवाली उपाध्यक्षमा उठ्न नमानेपछि ओली प्यानलमा एक पद खाली भएको थियो, सो स्थानमा रघुजी पन्तलाई समेटिएको ओली पक्षका नेताहरूले बताएका छन्। ज्ञवालीले भने केन्द्रीय सदस्यमात्रै उम्मेदवारी दिएका छन्।
३१ मङ्सिर २०८२, मङ्गलबार ०२:३० मा प्रकाशित