एमाले पदाधिकारी चुनावमा पोखरेल समूहको तयारी पूरा, केही नाममा अन्तिम छलफल बाँकी

nepaltext.com

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको पदाधिकारी चयनका लागि ईश्वर पोखरेल समूहले उम्मेदवारको टुंगो लगाएको छ । समूहका अनुसार अध्यक्ष पदमा ईश्वर पोखरेल आफैं प्रतिस्पर्धामा उत्रिने भएका छन् भने महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम तय भएको छ ।

उपाध्यक्ष पदमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम उम्मेदवारका रूपमा पक्का भएको एक नेताले जानकारी दिएका छन् । यस्तै, उपमहासचिव पदमा योगेश भट्टराईको नाम निश्चित भएको छ भने उपमहासचिवको उम्मेदवार सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको छ ।

सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगो लागेको स्रोतले जनाएको छ । ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।

‘लगभग उम्मेदवारहरुको टुंगो लाग्यो तर छलफल जारी रहेकाले थोरै तलमाथि होला,’ स्रोतले भन्यो ।

प्रतिक्रिया