कालिन्चोकमा नवजातशिशु र गर्भवती महिलालाई स्याहार सामग्री

nepaltext.com

दोलखाको कालिञ्चोक गाउँपालिका १ मा रहेका नवजात शिशु र गर्भवती महिलाहरुलाई स्याहार सामाग्री हस्तान्तरण गरिएको छ । 

नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोगमा कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रले आयोजना गरेको  "स्रोत तथा शिक्षामा सामुदायिक अग्रता (CARE परियोजना)" अन्तर्गत कालिन्चोक गाउँपालिका–१ का नवजात शिशु तथा गर्भवती महिलाहरुलाई शिशु स्याहार सामग्री वितरण गरिएको हो ।

नामसालिङ सामुदायिक विकास केन्द्र, दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रका कार्यसमितिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा ३० जना नवजात शिशु तथा गर्भवती महिलाहरुलाई डायपर, टावल, बेबी पाउडर, बेबी आयल र हर्लिक्सलगायत सामग्री वितरण गरिएको हो।

यस कार्यक्रममार्फत स्थानीय बालबालिकामा कुपोषणको दर घटाउँदै कालिन्चोक गाउँपालिका–१ लाई पोषणयुक्त गाउँ निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।

सहयोगका लागि Ineke Kroes म्याडम र योगी कायस्थ सरलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया