आज नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुदैँछ त कारोबार?

nepaltext.com

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड आज २ लाख ५२ हजार २ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १४५ रुपैयाँले बढेर ३४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया