एनएमबि बैंकले चुक्ता पूँजीको १०% लाभांश वितरण गर्ने घोषणा

nepaltext.com

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस शेयरको रूपमा र बाँकी ५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ वितरण गरिने व्यवस्था गरिएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

यो निर्णयले बैंकका शेयरधनीलाई आर्थिक फाइदा पुग्ने तथा लगानीमा आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया