१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दर घटाएको छ। यसअघि ४.५० प्रतिशत रहेको नीतिगत दर अब ४.२५ प्रतिशत कायम गरिएको छ। त्यस्तै, करिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत बनाइएको छ, जबकि तल्लो सीमामा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई भने अपरिवर्तित राखिएको छ। राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर थप घटाउने दबाब बढ्ने देखिएको छ।
१६ मङ्सिर २०८२, सोमबार ११:५९ मा प्रकाशित