काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीका अनुसार हाल सिंगटी हाइड्रोको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सोही आधारमा कम्पनीले करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ।
२० कार्तिक २०८२, बुधबार ०३:०१ मा प्रकाशित